×

TUNGOON

टी–ट्वान्टी विश्वकप क्रिकेटमा भारतसँग नामिविया ९ विकेटले पराजित


काठमाडौं । कार्तिक २३ गते
भारतले आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटअन्तर्गतको खेलमा नामिवियालाई पराजित गरेको छ । सुपर १२ को समूह २ अन्तर्गतको अन्तिम खेलमा भारतले नामिवियालाई ९ विकेटले पराजित गरेको हो।नामिबियाले दिएको १ सय ३३ रनको लक्ष्य भारतले १५ दशमलब २ ओभरमा एक विकेट गुमाएर पूरा गरेको थियो ।

भारतका रोहित शर्माले सर्वाधिक ५६ रन बनाए भने केएल राहुलले ५४ तथा सूर्यकुमार यादवले २५ रन जोडे। नामिवियाका जान फ्रालिंचले एक विकेट दिलएका थिए। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नामिवियाले निर्धारित ओभरमा ८ विकेटको क्षतिमा १ सय ३२ रन बनाएको थियो।नामिवियाका लागि डेभिड वाइजीले सर्वाधिक २६ तथा स्टेफन वार्डले २१ रन जोडेका थिए।भारतका रविन्द्र जडेजा र रविचन्द्रन आश्विनले समान तीनरतीन तथा जसप्रित बुम्राहले दुई विकेट लिएका थिए।

 

 


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला