×

TUNGOON

भारतको हमिदिया अस्पतालमा आगलागी हुँदा चार नवजात शिशुहरुको मृत्यु


काठमाडौं । कार्तिक २३ गते
भारतस्थित भोपालको हमिदिया अस्पतालमा आगलागी हुँदा चार नवजात शिशुहरुको मृत्यु भएको छ । कमला नेहरु भवनको तेस्रो तल्लास्थित बाल विभागमा लागेको आगलागीमा परी नवजात शिशुहरुको मृत्यु भएको हो । कमला नेहरू बिल्डिङको पीडियाट्रिक विभागमा राति आगलागी भएको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । आगलागीमा परी ४ शिशुको मृत्यु भएको र केही शिशुहरूको उद्दार गरिएको त्यहाँस्थित प्रहरीले जनाएको छ ।

आगो लागीको कारण हालसम्म पत्ता नलागेको बताइएको छ । एसएनसीयूमा कुल ४० जना शिशु भर्ना गरिएका थिए । जसमध्ये ३६ जनालाई अर्को वार्डमा सारिएको बताइएको छ । भारतमै केही दिनअघि अर्को अस्पतालमा पनि आगलागी भएको थियो ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला