×

TUNGOON

स्वास्थ्यका लागि निगुरो खानुका फाईदाहरु


वनजंगलमा पाइने र विषादीको प्रयोग नहुने हुँदा निगुरा स्वास्थ्यका हिसावमा निकै फाइदाजनक साग हो ।बजारमा धेरै खालका निगुरो पाइन्छ । जो स्वास्थ्यका हिसावमा निकै लाभदायक मानिन्छ ।निगुरोको तरकारी तपाईले धेरै पटक खानु भएको छ होला ।

तर यसको फाइदा बारे तपाईंलाई जानकारी नहुन सक्छ ।निगुरोमा प्रोटिन, भिटामिन क्याल्सियम लगायतका पोषक तत्व पाइन्छ । निगुरोमा भिटामिन ए पाइन्छ जसले प्रतिरक्षा प्रणालीलाई बलियो बनाउन मद्दत गर्छ ।त्यस्तै निगुरोमा भिटामिन सी पनि पर्याप्त मात्रामा पाउन सकिन्छ । जसले आखालाई फाइदा पुग्छ ।त्यस्तै निगुरोमा पोटासियम पनि पाइन्छ ।

पोटासियमले मुटुलाई स्वस्थ्य राख्न सहयोग पुर्‍याउँछ ।निगुरोमा आइरनको मात्रा पनि पर्याप्त मात्र पाइन्छ । जसका कारण रातो रक्त कोशिका वृद्धिमा पनि सहायता पुग्छ ।निगुरो खानुको फाइदैफाइदा छन् । आफैँ वनजंगलमा गएर खोज्ने हो भने भान्साको खर्च कटौती हुने भयो । वनजंगलमा उम्रिएका हुनाले यो जैविक र मौसमी तरकारी पनि हो ।

पोषणविद्हरुले निगुरो पौष्टिकताले भरिपूर्ण रहेको बताउने गर्छन् । निगुरोको सेवन स्वास्थ्यका लागि फाइदाजनक रहेको उनीहरुको भनाइ छ ।पोषणविद्हरू भन्छन्, ‘यसमा प्रोटिन, क्याल्सियम, भिटामिन ए लगायतका पोषकतत्व पाइन्छ ।’ बालबालिका र गर्भवती महिलालाई त निगुरो अरू बढी लाभदायक छ । किनभने निगुरोको तरकारी सेवन गरिहरहँदा भिटामिन प्राकृतिक रुपमै प्राप्त हुन्छ। अतिरिक्त भिटामिनको चक्की चपाइरहनु पर्दैन ।

पोषणविद्हरूले यसमा कोलेस्टोर एवं बोसोजन्य पदार्थ नपाइने भएकाले कुनैपनि किसिमको हानि नहुने बताएका छन् ।निगुरो यतिबेलाको मौसमी सागसब्जी हुन् । वनजंगलमा आफैँ उम्रने भएकाले यसमा कुनै रासायनिक मल वा विषादी प्रयोग हुँदैन ।

अर्थात् यो पूर्णतस् जैविक हुन्छ ।अहिले हामीले खाने धेरैजसो सागसब्जी विषादी मिसाइएको हुन्छ । व्यवसायिक ढंगले उत्पादन गरिएका सागसब्जीमा रासयनिक मल, किटनासक औषधि प्रयोग गरिन्छ । यस्ता सागसब्जी फलाउन, बढाउन, भण्डारण गर्न पनि रसायन वा विषादी मिसाउने गरिन्छ ।

 


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला