×

TUNGOON

सांसद खरिदबिक्री भइरहनुमा नेताभन्दा पनि प्रणालीको दोष रहेको छ –उपेन्द्र यादव


काठमाडौं । कार्तिक २३ गते
अहिलेको निर्वाचन प्रणाली गलत भएको जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले बताउनु भएको छ । उहाँले जसपा रुपन्देही क्षेत्र नम्बर १ ले सोमबार रोहिणी गाउँपालिका–३, धकधईमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अहिलेको निर्वाचन प्रणाली खिचडीजस्तो र अत्यन्तै महँगो भएको बताउनु भएको हो । उहाँले खर्चिलो निर्वाचन प्रणालीका कारण आम जनतालाई निर्वाचनमा उम्मेदवार बन्न समस्या रहेको बताउनु भएको छ ।

उहाँले अहिलेको संसदीय प्रणाली असफल भइरहेको समेत बताउनु भएको छ । सांसद खरिदबिक्री भइरहनुमा नेताभन्दा पनि प्रणालीको दोष रहेको उहाँको भनाई छ । न्याय प्रक्रिया पनि खर्चिलो भएको भन्दै उहाँलेनले न्याय प्रणालीमा सुधार गर्नुपर्ने खाँचो औंल्याउनु भएको छ ।

उहाँले ठूला दल नेपाली काँग्रेस र कम्युनिष्ट पार्टी मिलेर मुलुकमा त्रुटिपूर्ण संविधान बनाएको आरोप लगाउँदै त्यस्ता त्रुटीलाई संशोधनमार्फत सच्याउनुपर्ने बताउनु भएको छ । संघीयता विरोधीले नै संविधान बनाएकाले संविधान संशोधन अहिलेको आवश्यकता रहेको उहाँको भनाइ छ ।

 


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला