×

TUNGOON

आजदेखि राष्ट्रिय जनगणना सुरु,४४ हजार गणकमा ५० प्रतिशत महिला


काठमाडौं । कार्तिक २५ गते
आज देखि मुलुकभर राष्ट्रिय जनगणना सुरु हुँदैछ।प्रत्येक १० वर्षमा जनगणना गरिन्छ। केन्द्रीय तथ्यांक विभागले गणकलाई सही सूचना दिएर सहयोग गर्न सबैलाई अपिल गरेको छ। विभागले बुधबार पत्रकार सम्मेलन गरी प्रत्येक नागरिकलाई जनगणनामा सहभागी हुन अपिल गरेको हो।

राष्ट्रपति विद्यादेवी भण्डारीको परिवारको विवरण लिएर जनगणना उट्घाटन गर्ने कार्यक्रम रहेको विभागले जनाएको छ। जनगणना सुरु भएकै दिन उपराष्ट्रपति नन्दकिशोर पुन र प्रधानमन्त्री शेरबहादुर देउवाको परिवारको विवरण संकलन गर्ने कार्यक्रम छ।मंसिर ९ गतेसम्म हुने जनगणनाका लागि सबै तयारी पूरा भइसकेको विभागले जनाएको छ। विभागका अनुसार जनगणना सफल पार्न देशभरि ४४ हजार गणक र ८५ हजार सुपरीवेक्षक खटाइएको छ। सातवटै प्रदेश र ७७ वटै जिल्लामा जनगणना कार्यालय स्थापना गरिएको छ।

यसपटक जनगणनामा बेरोजगार युवालाई तालिम दिई परिचालन गरिएको छ। यसअघि शिक्षकलाई मात्र गणकको रुपमा खटाउने गरिएकोमा यसपटक बेरोजगार तथा १२ कक्षा उत्तीर्ण गरेका युवालाई तालिम दिएर खटाइएको विभागका महानिर्देशक श्रेष्ठले बताए। विभागका अनुसार ४४ हजार गणकमा ५० प्रतिशत महिला छन्। यो समाचार नागरिक दैनिकमा छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला