×

TUNGOON

लोकतन्त्रको पक्षमा उभिने पत्रकार र त्यसका संगठनहरुलाई सरकारले सधैं सम्मान गर्ने छ –अर्थमन्त्री शर्मा


काठमाडौं । कार्तिक २८ गते
पत्रकारितासँग सम्बन्धित संघ, संगठनहरुलाई स्वतन्त्रतापूर्वक अघि बढ्न अर्थमन्त्री जनार्दन शर्माले आग्रह गर्नु भएको छ । नेकपा (माओवादी केन्द्र)का नेतासमेत रहनु भएका शर्माले राष्ट्रिय आत्मनिर्भरता, स्वाधिनताको रक्षा गर्दै समाजवादतिर अगाडि बढ्ने संवैधानिक अधिकारलाई स्थापित गर्ने कुरा नै सबै पत्रकारहरु र पत्रकारहरु आवद्ध संघ, संगठनहरुको दायित्व भएको जिकिर गर्नु भएको छ ।

प्रेस सेन्टर नेपाल, गण्डकी प्रदेशको दोस्रो अधिवेशनलाई पोखरामा उद्घाटन गर्दै उहाँले लोकतन्त्रको पक्षमा उभिने पत्रकार र त्यसका संगठनहरुलाई सरकारले सधैं सम्मान गर्ने बताउनु भएको छ । अर्थमन्त्री शर्माले पत्रकारहरुलाई समाजवादतिर अगाडि बढ्ने गरी संगठन र विचारको निर्माण गर्न पनि सुझाव दिनु भएको छ ।

अर्थमन्त्री शर्माले खोज तथा अनुसन्धानमूलक पत्रकारितामा जोड दिनुपर्ने आवश्यक्ता औंल्याउनु भएको छ । उहाँले पत्रकारहरुको क्षमता वृद्धिका लागि आवश्यक सहयोग गर्न सरकार तयार रहेको बताउनु भएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला