×

TUNGOON

प्रहरीसँग भएको मुठभेडमा परि भारतको महाराष्ट्रमा २६ नक्सलवादीको मृत्यु


काठमाडौं । कार्तिक २८ गते
प्रहरीसँग भएको मुठभेडमा परि भारतको महाराष्ट्रमा २६ नक्सलवादीको मृत्यु भएको छ । भारतीय समाचार एजेन्सी एएआईका अनुसार गडचिरोली जिल्लामा भएको उक्त मुठभेडमा उनीहरुको मृत्यु भएको हो। स्थानीय एसपी अंकित गोयलले मृत्यु हुनेको संख्या पुष्टि गरेका छन्।

ग्यारापट्टी जंगलमा भएको यस भिडन्तमा चार प्रहरी पनि घाइते भएको उनले जानकारी दिए।घाइते प्रहरीलाई हेलिकप्टरबाट नागपुरको ओरेन्ज सिटी अस्पतालमा लगिएको छ। उनीहरुको अहिले उपचार भइरहेको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला