×

TUNGOON

मुस्ताङको थासाङ गाउँपालिकामा हिमपहिरो जाँदा ११ जना घाइते


काठमाडौं । कार्तिक २९ गते
मुस्ताङको थासाङ गाउँपालिकामा गएको हिमपहिरोका कारण ११ जना घाइते भएका छन् । धौलागिरि हिमशृंखलाबाट शुरु भएको ठूलो हिमपहिरो थासाङ गाउँपालिका–२ कोवाङसम्म आइपुग्ने डरमा भागदौड मच्चिँदा विद्यार्थी र सर्वसाधारण गरी ११ जना घाइते भएका हुन् ।

मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र ढकालका अनुसार पहिरो आएको थाहा पाएपछि त्यसभन्दा तल रहेका बस्ती तथा विद्यालयमा भागाभाग हुँदा कोवाङस्थित जनआदर्श अमरसिंह माविका शिक्षक र विद्यार्थी तथा स्थानीय गरेर ११ जना सामान्य घाइते भएका छन् । घाइतेको मुस्ताङ अस्पतालमा उपचार भइरहेको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला