×

TUNGOON

पार्टीभित्रको विवाद समाधान हुँदै गएको र सहमतिबाट नै पार्टी अघि बढ्नुपर्ने अध्यक्ष कमल थापाको भनाई


काठमाडौं । कार्तिक २९ गते
पार्टीभित्रको विवाद समाधान हुँदै गएको र सहमतिबाट नै पार्टी अघि बढ्नुको विकल्प पनि नभएकाले एकताको सन्देश दिन आफू झापा आएको राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष कमल थापाले बताउनु भएको छ ।

पार्टीको प्रदेश नं १ कार्य समितिको प्रथम एकता अधिवेशनको आज उद्घाटन गर्दै उहाँले झापा राप्रपाको मुटु भएकाले झापाले सिङ्गो देश हाँक्ने सामथ्र्य राखेको जिकिर गर्नु भएको छ ।

कार्यक्रममा झापा क्षेत्र नं ३ का सङ्घीय सांसद तथा नेता राजेन्द्र लिङ्देनले पार्टीमा नेतृत्वले योजना बताउन नसकेका कारण आफू भूमिकाविहीन हुन पुगेको भन्दै शीर्ष नेतृत्वले आफूलाई चिन्न नसकेको भन्दै दुःखसमेत व्यक्त गर्नु भएको थियो ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला