×

TUNGOON

युईएफए च्याम्पियन्स लिगमा बायर्नलाई ८ अंकको अग्रता


काठमाडौं । मंसिर ८ गते
युईएफए च्याम्पियन्स लिगको समूह ‘इ’ मा ड्यनामो केईभलाई पराजित गर्दै जर्मन बुण्डेसलिगा क्लब बायर्न म्युनिखले ८ अंकको अग्रता बनाएको छ ।गएराति भएको खेलमा बायर्नले ड्यानामो केइभलाई २–१ गोलले परातिज गरेको हो ।

स्पेनिस क्लब बार्सिलोना बेन्फिकासँग गोलरहित बराबरीमा रोकिएपछि बायर्नले समूहमा ८ अंकको अग्रता लिएको हो ।बायर्नले यसअघि नै प्रतियोगिताको नकआउट चरणमा स्थान बनाइसकेको छ । बार्सिलोनाले भने अन्तिम खेलबाट नै अन्तिम १६ को स्थान बनाउने छ ।

अन्तिम खेलमा बार्सिलोनाले बायर्नको सामना गर्नेछ । बेन्फिका र ड्यनामो भिड्नेछन् । यो खेल बराबर भए अथवा बार्सिलोना आफ्नो खेलमा विजयी भए अन्तिम १६ मा स्थान बनाउने छ । मंगलबार भएको खेलमा भ्रमणकारी टोली बायर्नलाई जिताउन रोबर्ट लेवाण्डोस्की र किङस्ले

कोम्यानले समान १र१ गोल गरे । केइभको लागि डेनिस गार्मन्सले १ सान्त्वना गोल गरे ।
पहिलोपटक पूर्वखेलाडी जाभि हर्नाण्डेजको प्रशिक्षणमा च्याम्पियन्स लिग खेलेको बार्सिलोना बेन्फिकासँग गोलरहित बराबरीमा रोकियो ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला