×

TUNGOON

नेपाली जनताले ओलीको बोलिलाई विश्वास गर्न छोडिसके –माधव नेपाल


काठमाडौं । मंसिर ८ गते
अब नेपाली जनताले एमाले अध्यक्ष केपी शर्मा ओलीको बोलिलाई विश्वास गर्न छोडेको नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपाललेबताएका छन् । मंगलबार धनुषाको तिनकोरीय चोकमा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका नेपालले लोकतान्त्रिक शक्तिहरूको गठन बन्धनले ओलीको तानासाह प्रवृत्ति, दम्भ र अहंकारलाई परास्त गर्नेपछि नेपाली जनताले ओलीको बोलिलाई विश्वास गर्न छोडेको बताए ।

ओलीको दम्भ र अहंकारले लोकतन्त्र, संघीयता खतरामा परेको बताउँदै अध्यक्ष नेपालले ओलीको स्वेच्छाचारी, मनपरि र भ्रष्टाचार प्रवृत्तिका कारण एमाले बदनाम हुँदै र त्यसको परिणाम एमाले अब आउने निर्वाचनहरूमा भोग्ने निश्चित रहेको बताएका छन् । ओलीको प्रवृत्ति र बिचौलियाहरूको प्रवेशका कारण महाधिवेशन पश्चात् एमाले पार्टी फुट्ने निश्चित रहेको उनले बताए ।

 


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला