काठमाडौं । मंसिर ८ गते
शिक्षक र कर्मचारीलाई राजनीतिक दलको सदस्यता नदिन निर्वाचन आयोगले निर्देशन दिएको छ ।राजनीतिक दलका महाधिवेशनमा सरकारी कर्मचारी र शिक्षक निर्वाचित भएको र उम्मेदवार बनिरहेको स्थितिप्रति ध्यानाकर्षण भएको भन्दै आयोगले त्यस्ता क्रियाकलाप रोक्न सो निर्देशन दिएको हो ।
प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाको अध्यक्षतामा बसेको आयुक्तहरूको बैठकको निर्णयअनुरूप सो निर्देशन दिइएको सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताउनुभयो । निर्देशनविपरीत सदस्यको जिम्मेवारी दिइएमा त्यसबाट हटाउन समेत मातहतका निर्वाचन कार्यालयलाई निर्देशन दिइएको पनि आयोगले जनाएको छ ।