×

TUNGOON

शिक्षकहरूलाई राजनीति गर्न नदिए नेपालको पार्टी प्रणाली नै कमजोर हुने प्रचण्डको जिकिर


काठमाडौं । मंसिर ८ गते
शिक्षकहरूलाई राजनीति गर्न नदिए नेपालको पार्टी प्रणाली नै कमजोर हुने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताउनुभएको छ । आज मङ्गलवार पार्टी निकट एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन केन्द्रीय समितिको एकताको दोस्रो राष्ट्रिय परिषद्लाई सम्बोधन गर्दै अध्यक्ष दाहालले शिक्षकहरू सक्रियपूर्वक राजनीतिक रूपान्तरणको काममा लाग्नुपर्ने बताउनुभएको हो ।

नेपालका सबै पार्टीलाई नागरिकमा स्थापित गराउने काम शिक्षकहरूले नै गरेको भन्दै उहाँले शिक्षकहरूले राजनीति गर्नुहुँदैन भन्नु पार्टी प्रणालीलाई नै कमजोर पार्ने नीति भएको बताउनुभयो । उहाँले शिक्षकहरूलाई प्राविधिक रूपमा अप्ठ्यारो नपर्ने गरी राजनीति गर्ने वातावरण बनाइने पनि बताउनुभयो ।अध्यक्ष दाहालले शिक्षकहरूलाई राज्यले अन्याय गरेको पनि बताउनुभयो । शिक्षकहरूलाई राज्यले विभेदमा पारेका कारण शिक्षकहरूले आन्दोलन गर्नुपरेको र क्रान्तिकारी हुनुपरेको उहाँको भनाइ छ ।

 


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला