×

TUNGOON

हेर्नुहोस् आजको राशिफल


काठमाडौं । मंसिर ९ गते
मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आज आतिथ्यपूर्ण सम्मान पाइनुका साथै नयाँ कमको थालनी हुने तथा धार्मिक यात्राको योग रहेको छ भने सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ ।

बृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
आज कुनै कुराले मनमा शान्ति छाउने योग रहेको छ भने पुँजी बजार र आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्नुका साथै अन्योलका बीच उन्नतिको मार्ग प्रशस्त बन्नेछन् ।

मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
आज धार्मिक कार्य सफल रहने योग रहेको छ भने नयाँ ज्ञान सिक्ने मौका मिल्ने तथा बौद्धिक काममा सफलता मिल्नुका साथै प्रेम सम्बन्ध पनि कसिलो होला ।

कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आज आफन्त वा मित्रबाट विशेष सहयोग मिल्ने योग रहेको छ भने ठीक समयमा सही निर्णय लिन सकिने तथा व्यवसायका लागि यात्राको सम्भावना पनि छ ।

सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आज कार्यमा अवरोधका साथै स्वास्थ्यमा पनि प्रतिकूलता रहन सक्ने देखिने योग रहेको छ भने नजिकको व्यक्तिबाट धोका पाइन सक्नेछ सचेत रहनुहोला ।

कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
आज नयाँ सवारी साधन प्राप्तिको योग रहेको छ भने दिनको उत्तरार्ध अधिक सुखद् रहने तथा शुभकार्यको चर्चा चल्ने र प्रेम प्रस्ताव समेत प्राप्त हुनसक्छ ।

तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
आज यात्रामा विशेष लाभ मिल्ने देखिन्छ । शत्रुपक्ष र रोगबाट छुटकारा मिल्ने समय छ । शेयर बजारको कारोबारमा समेत सफलता मिल्नेछ ।

बृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
आज प्रेम र मित्रताको बन्धन कसिने बेला छ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । नयाँ कार्यको योजना बन्ने र शुभकार्यको चर्चा चल्नेछ ।

धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
राजनैतिक कार्यमा बाधा आउनेछ । नाक तथा घाँटीमा समस्या आउला । सामान हराउन पनि सक्छ, तर अभिभावकको आशीर्वादले काम गर्नसक्छ ।

मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
आज दाम्पत्य सुखले प्रफुल्लित भइनेछ । कुनै प्रसङ्गले मनमा शान्ति छाउला । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ ।

कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
आज क्षमता प्रदर्शन गर्ने क्रममा पदोन्नतिको ढोका खोलिनेछ । अभिभावकको सुझावले उचाइमा पुर्‍याउन सहयोग गर्नेछ । दाम्पत्य जीवन सुखमय हुनेछ ।

मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
आज सामाजिक कार्यमा रुचि जाग्नुका साथै पारिवारिक सुख मिल्ने योग रहेको छ मने आँटेको र ताकेको कार्य पुरा होला । बोलीको प्रभाव पनि बढ्नेछ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला