×

TUNGOON

यूईएफए च्याम्पियन्स लिगमा पीएसजीको हार


काठमाडौं । मंसिर ९ गते

म्यानचेस्टर सिटीले यूईएफए च्याम्पियन्स लिगमा पेरिस सेन्ट जर्मेन पीएसजीलाई हराएको छ ।पीएसजीले समूह ‘ए’ को विजेताका रुपमा नकआउट चरणमा स्थान बनाएको छ । सिटीले घरेलु मैदानमा पीएसजीलाई २–१ गोलले हराएको हो ।पीएसजीले खेलको ५० औं मिनेटमा किलियन एम्बाप्पेको गोलमा अग्रता लिएको थियो ।

तर रहिम स्टर्लिङले खेलको ६३ मिनेटमा गोल गरी बराबरी गरे ।सिटीका वैकल्पिक खेलाडी ग्याब्रिएल जेससले खेलको ७६ औँ मिनेटमा गोल गरे । समूहको अर्को खेलमा आरबी लाइप्जिगले क्लब ब्रुगलाई ५–० गोलले हराएको छ । सिटी ५ खेलमा १२ अङ्क जोड्दै समूहको शीर्ष स्थानमा छ ।पीएसजी समान खेलमा ८ अङ्कसहित दोस्रोमा छ । त्यस्तै लाइप्जिग र ब्रुगको समान ४,४ अङ्क रहेको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला