×

TUNGOON

नेपाली महिला क्रिकेट टोलीले आज कुवेतविरुद्ध प्रतिस्पर्धा गर्दै


काठमाडौं । मंसिर ९ गते
आज नेपाली महिला क्रिकेट टोलीले कुवेतविरुद्ध प्रतिस्पर्धा गर्दैछ ।आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटको तेस्रो खेलमा बिहान सवा ११ बजे नेपाल र कुवेतबीचको खेल हुनेछ ।दुबईको आईसीसी एकेडेमी ग्राउन्डमा हुने खेलमा नेपाल जित निकाल्ने योजनामा हुनेछ ।

छनोट अन्तर्गत पहिलो खेलमा हङकङसँग ६ विकेटले पराजित नेपालले दोस्रो खेलमा भुटानलाई ८ विकेटले हराएको थियो ।विश्वकपको ग्लोबल छनोटका लागि सम्भावना जिवितै राख्न नेपालले आजको खेल पनि जित्नुपर्ने छ ।प्रतियोगिताको चौथो खेल नेपालले शुक्रबार मलेसियासँग र पाँचौ खेल आइतबार युएईविरुद्ध खेल्ने छ ।

 

 

 


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला