×

TUNGOON

यौन सम्पर्क गरिसकेपछि स्वस्थ रहन जान्नैपर्ने कुराहरु


काठमाडौं । मंसिर ९ गते

स्वास्थ्यको दृष्टिले यौन सम्पर्कपछि के गर्नुहुन्छ भन्ने कुराले असाध्यै महत्वपूर्ण भूमिका खेल्दछ । सम्बन्ध दरिलो राख्न पनि यस्तै ससाना कुरा सहयोगी हुन्छ भनी यौन स्वास्थ्यको क्षेत्रमा खोजी गर्नेहरुले बताएका छन् । कसैको यौन सम्पर्कपछि निदाउने बानी हुन्छ । कसैलाई निदाउनै नसक्ने बानी हुन्छ ।

कसैलाई एकदम भोक लाग्छ भने कसैलाई असाध्यै तिर्खा लाग्छ । कोहि थाकेर लखतरान हुन्छन् भने कोहि यौन सम्पर्क पछि तातो पानीमा ननुहाई नहुने बानीका हुन्छन् ।मानिसको शरिरमा भएको रसायन, मानिसको खानेकुरा र मानिसको सोचाइका कारण यस्ता विभिन्न बानीहरुको विकास हुन्छ भनी अनुसन्धानमा पत्तो लागेको छ ।

तर, यौन सम्पर्कपछि अभ्यासमा ल्याउनुपर्ने केहि बानी छन् जसका कारण स्वस्थ रहन सघाउ पुग्दछ । अरु त अरु यसले शरिर र दुबैको सम्बन्धलाई दिर्घायू बनाउन पनि सघाउ पुर्याउँछ । सम्पर्क सकिएपछि एकजना घुर्दै निदाउने, अर्कोले मोबाइल चलाउने भयो भने कस्तो होला रु सम्भोगपछि मजाले हाँस्नुस् । हाँसो लाग्ने चुट्किला, ठट्यौलीहरु गर्नुस् । यसले गर्दा शरीरका सकारात्मक हर्मोनहरु सकृय हुन्छन् ।

रिस उठ्ने, झर्कोफर्को गर्ने बानीको विकास हुन्न । एकले अर्कोलाई प्रेम दर्शाउन सहयोग पुग्दछ । कपाल सुम्सुम्याउनुस् । म तिमीलाई माया गर्छु भनेर मनमनै भनेर मात्रै सधैं नहुन सक्छ । निधारमा अथवा स्वेच्छिक स्थानमा चुम्बन गर्दै माया गर्छु भन्नुस् । आखिर यो अप्ठेरो काम पनि होइन । यत्तिका कारण माया प्रगाढ हुन्छ भने किन नगर्ने भनी प्रश्न गर्छिन् यौन स्वास्थ्यविद् जोआना क्रिस्टेन्सन । सम्बन्ध राम्रो राख्न श्रीमान् श्रीमती या केटा केटीको बीचमा शारीरिक दुरुस्ती अनुरुप यौन क्रियाको कलाहरु सिक्न आवश्यक हुन्छ ।

भेट हुने बित्तिकै भुतुलभातुल पारेर झम्टिइहाल्ने चितुवा प्रवृत्ति कतिपय बेला सम्बन्धमा पूर्ण बिरामको कारक पनि बन्न सक्दछ । भविष्यको सपना बुन्नुस । छोराछोरी छन् भने उनीहरुको भविष्य सम्झेर रमाउनुस् । नजन्माएको भए केटाकेटीको कल्पना गर्दै कुराकानी गर्नुस् । सुम्सुम्याउनुस । चुम्बन गर्नुस । उत्तेजनाको शिखरमा पुगेपछि अनि बल्ल यौन सम्पर्क गर्न थाल्नुस् ।यौन सम्पर्कपछि पुरुष महिला दुवै शौचालयमा गएर यौनांगहरुको सफाइ गर्ने, पिसाब लागेको छ भने सफाई गर्दा ब्याक्टेरियाबाट हुन सक्ने संक्रमणबाट जोगिन सघाउ पुग्छ । यौन सम्पर्क सकिएपछि बाटो लाग्ने होइन ।

स्पर्श गर्नुहोस् । स्पर्शमा प्रेम छ । अँगालो हाल्नुहोस् । केही कुरा मनमा गुम्सिएको छ भने भन्नुहोस् । यौन सम्पर्कको क्रममा शरीरमा हर्मोनहरुको उतारचढाव, शारिरीक सकृयताको कारण पानीको कमी हुनसक्छ । त्यसैले यौन सम्पर्कपछि पानी पिउनुहोस् । यौन सम्पर्कपछि धेरैजनालाई भोकले हुट्हुटी पार्छ । खान त पर्यो नै । एक्लै भान्सामा पसेर ग्वामगुम खाने बानी राम्रो होइन । दुवैजना मिलेर खानेकुरा बनाउनुस् । जे जस्तो, मीठो मसिनो बनाए पनि । गुन्द्रुकको झोल र भात नै किन नहोस, सँगै बनाउनुस् ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला