×

TUNGOON

प्रतिस्पर्धा गर्नेले परिणाम पनि ख्याल गर्नुपर्ने अध्यक्ष ओलीको तर्क


काठमाडौं । मंसिर ९ गते
चितवनमा हुने पार्टीको १० औं महाधिवेशनमा पदाधिकारी र केन्द्रीय सदस्यमा प्रतिस्पर्धा गर्न कसैलाई नरोक्ने एमाले अध्यक्ष केपी शर्मा ओलीले बताउनु भएको छ । आफूसँग अरूले प्रतिस्पर्धा गर्दा पनि केही फरक नपर्ने उहाँको भनाई छ ।

उहाँले अध्यक्षमा फेरि उठ्ने औपचारिक घोषणा गरिनसकेका ओलीले आफूले पार्टीको नेतृत्व गर्नुपर्छ भन्ने ‘आम साथीहरूको’ धारणा रहेको उल्लेख गर्नु भएको छ ।  पार्टीभित्र फरक मत राख्नेप्रति कुनै पूर्वाग्रह नरहने उल्लेख गर्दै उहाँले एमालेमा पूर्वमाओवादी र ‘१० भाइ समूह’ नरहेको दाबी गर्नु भएको छ ।

महाधिवेशनबाट नेतृत्व चयन गर्दा नेता व्यवस्थापनभन्दा देशलाई सही बाटोमा लैजाने नीति महत्त्वपूर्ण हुने बताउनु भएको छ । केन्द्रीय पदाधिकारी संख्या बढाउने सम्भावनालाई उहाँले अस्वीकार गर्नु भएको छ । आगामी संसदीय चुनावमा उनले कुनै पार्टीसँग तालमेल नगर्ने तर चुनावपछि सरकार निर्माणमा भने गठबन्धन हुन सक्ने संकेत गर्नु भएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला