×

TUNGOON

सर्वोच्च अदालतको फुलकोर्ट बैठक आज बस्दै , १९ जना न्यायाधीश सहभागी हुने


काठमाडौं । मंसिर ९ गते
आज सर्वोच्च अदालतको फुलकोर्ट बैठक बस्दैछ । बैठकमा १९ जना न्यायाधीश सहभागी हुनेछन् ।प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा भने सो बैठकमा उपस्थित हुने सम्भावना न्यून छ । यसअघि प्रधानन्यायाधीशबिनाको न्यायाधीशहरूको बैठकले सर्वोच्च अदालतमा मुद्दाको पेसी व्यवस्थापन गोलाप्रथाबाट तोक्ने निर्णय गरेको थियो ।

बैठकले गोलाप्रथाबाट मुद्दाको पेसी तोक्नेबारे न्यायाधीश मीरा खड्का नेतृत्वको टोलीले अध्ययन गरेर बुझाएको प्रतिवेदनअनुसार सर्वोच्च अदालत नियमावली र निर्देशिका संशोधन गरेको थियो । जुन राजपत्रमा प्रकाशन भइसकेको छ ।

प्रकाशन भएसँगै गोलाप्रथाबाट मुद्दाको पेसी तोक्न बाटो खुलेको छ । सर्वोच्च अदालत प्रशासनले पनि आन्तरिक तयारी थालेको छ । स्रोतका अनुसार १५ मंसिरदेखि मुद्दाको पेसी गोलाप्रथाबाट तोक्ने तयारी भइरहेको छ ।

न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको समितिले अदालतको सुधारसम्बन्धी बुझाएको अध्ययन प्रतिवेदनअनुसार गोला प्रथामा सर्वोच्च जान लागेको हो । न्यायालयहरूमा व्याप्त ‘बेन्च सपिङ’देखि अनियमितता र अनेकन खालका विकृति–विसंगति गोलाप्रथाबाट पेसी तोकिँदा न्यूनीकरण हुने प्रतिवेदनमा उल्लेख छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला