×

TUNGOON

मुलुकको समृद्धिमा उद्योग व्यवसाय क्षेत्रले पुर्‍याएको योगदानको प्रधानमन्त्री देउवाद्वारा प्रशंसा


काठमाडौं । मंसिर ९ गते
सातौँ उद्योग दिवसका अवसरमा सम्पूर्ण उद्योगी, व्यवसायी, श्रमिक एवं उद्योग क्षेत्रसँग आबद्ध सबैमा प्रधानमन्त्री शेरबहादुर देउवाले शुभकामना व्यक्त गर्नु भएको छ । स्वेदशी उद्यम र उत्पादन, दिगो औद्योगिक पुनरुत्थान’ भन्ने नाराका साथ यो दिवस मनाइँदैछ।दिवसका अवसरमा शुभकामना सन्देशमार्फत उहाँले मुलुकको समृद्धिमा उद्योग व्यवसाय क्षेत्रले पुर्‍याएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा आर्थिक विकासमा यस क्षेत्रको योगदान अभिवृद्धि गर्नेतर्फ ध्यान केन्द्रित गर्न आह्वान गर्नु भएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री देउवाले विकासको प्रमुख आधारस्तम्भका रूपमा रहेको उद्योग क्षेत्रको गुणात्मक विकासले मात्र मुलुकको समग्र समुन्नति सम्भव हुने हुँदा उद्यमशीलता प्रवर्द्धन, औद्योगिक उत्पादन वृद्धिका साथै कोभिड–१९ को प्रकोपबाट उद्योग क्षेत्रको पुनरुत्थान गर्नु आजको मुख्य आवश्यकता रहेकामा जोड दिनु भएको छ ।

उहाँले मुलुकको कूल गार्हस्थ्य उत्पादनको करिब १२.८ प्रतिशत र उत्पादनमूलक उद्योगको पाँच दशमलव ०८ प्रतिशत योगदान रहेको उद्योग व्यवसाय क्षेत्रबाट मुलुकको औद्योगिक उत्पादन, रोजगारी सिर्जना र आर्थिक विकासमा थप योगदान पुग्ने अपेक्षा गरेको उल्लेख गर्नु भएको छ । तीव्र औद्योगिक विकासका माध्यमबाट रोजगारी सिर्जना र आत्मनिर्भर अर्थतन्त्र निर्माण गरी समृद्ध मुलुकको आधार तयार गर्ने कार्यमा सरकार प्रतिबद्ध रहेको उहाँको भनाइ छ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला