×

TUNGOON

प्रधानन्यायाधीश जबरा र उनले नियुक्ति गरेका न्यायधिसले ठुलो भ्रष्टाचार गरेको छ –शम्भु थापा


काठमाडौं । मंसिर ९ गते
प्रधान न्यायाधीश चोलेन्द्र सम्सेश जबरा र उनले नियुक्ति गरेका न्यायधिसले ठुलो भ्रष्टाचार गरेको नेपाल बार एसोसिएसनका पूर्व अध्यक्ष शम्भु थापाले आरोप लगाउनुभएको छ । जबराको राजीनामाको माग गर्दै आन्दोलन गरिरहेको बारको पोखरा आन्दोलनमा सहभागी हुँदै थापाले जबरामा मुख्य न्यायाधीशमा हुनुपर्ने कुनै गुण नभएको बताउनुभयो ।

जबराले कानून विद् चिन्ने एकमात्रै मार्ग बार एसोसिएसन रहेको बताउँदै बारबाट नभई व्यक्तिको भरमा प्रधान न्यायाधीश बन्दा संविधानको धज्जी उडेको बताउनुभयो । बारको आन्दोलन सुरुवात मात्रै भएको चेतावनी दिँदै उनले मुद्दा फैसला कसले गर्ने भन्ने पूर्व सेटिङको समेत पर्दाफास गरी नयाँ व्यवस्था बसाल्नुपर्नेमा जोड दिनु भएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला