×

TUNGOON

आईसीसी महिला ट्वान्टी–२० विश्वकप एसिया छनोटमा तीन टोलीबीच प्रतिस्पर्धा हुने


काठमाडौं । मंसिर ११ गते
आईसीसी महिला ट्वान्टी–२० विश्वकप एसिया छनोटमा अन्तिम चरणको खेल बाँकी रहँदा ग्लोबल क्वालिफायरमा पुग्ने स्थानका लागि तीन टोलीबीच प्रतिस्पर्धा हुने भएको छ ।शुक्रबार चौथो चरणको खेलमा नेपालले मलेसियालाई ६ विकेट, यूएईले कुवेतलाई ७ विकेट र हङकङले भुटानलाई २० रनले पराजित गरेपछि अन्तिम चरणमा तीन टोलीबीच प्रतिस्पर्धा हुने देखिएको छ । ४ खेलबाट यूएईको ८ अंक छ । नेपाल र हङकङसँग ६–६ अंक छ ।अन्तिम खेल नेपालले घरेलु टोली यूएईसँग खेल्नुपर्नेछ ।

हङकङले पुछारको टोली कुवेतसँग खेल्नेछ । यो खेलमा नेपाल पराजित भए यूएई ग्लोबल क्वालिफायरमा पुग्नेछ । तर, नेपाल र हङकङले आ–आफ्नो खेल जितेको अवस्थामा तीन टोलीको समान ८ अंक हुनेछ । त्यसपछि नतिजा नेट रनरेटका आधारमा हुनेछ । अहिलेसम्म नेपाल नेट रेनरेटमा यूएईभन्दा पछाडि छ । चार चरणको खेल नतिजाका आधारमा नेपालले यूएईलाई पराजित गर्न सकेमा ग्लोबल क्वालिफायर प्रवेशको सम्भावना प्रबल छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला