×

TUNGOON

केन्द्रीय कमिटीका पदाधिकारीको संख्या १९ बनाउने केन्द्रीय कमिटीको अन्तिम बैठकको निर्णय


काठमाडौं । मंसिर ११ गते
केन्द्रीय कमिटीका पदाधिकारीको संख्या १९ बनाउने निर्णय चितवनको सौराहमा गएराति बसेको बैठकले गरेको छ। जसमा अध्यक्ष एक, वरिष्ठ उपाध्यक्ष एक, उपाध्यक्ष ६, महासचिव एक, उपमहासचिव तीन र सचिव सात बनाउने निर्णय भएको हो।यसअघि १५ पदाधिकारी बनाउने निर्णय गरिएको थियो। अन्तिम बैठकले दुई उपाध्यक्ष र दुई सचिव थप्ने निर्णय गरेको छ। योसँगै एमाले केन्द्रीय कमिटी अब ३०१ सदस्यीय हुने भएको छ।एमाले केन्द्रीय कमिटीको अन्तिम बैठकले पोलिटब्यूरो पनि ब्युँताएको छ।

यसअघिको बैठकले पोलिटब्यूरो नराख्ने निर्णय गरेको थियो। अब पोलिटब्यूरो ९९ सदस्यीय हुनेछ।त्यस्तै, स्थायी कमिटी ४५ सदस्यीय बनाउने बैठकले निर्णय गरेको छ। अन्तिम बैठकले केन्द्रीय अनुशासन आयोग २२ सदस्यीय, केन्द्रीय लेखा आयोग २२ सदस्यीय र केन्द्रीय निर्वाचन आयोग २२ सदस्यीय बनाउने पनि निर्णय लिएको छ।यससँगै केन्द्रीय सल्लाहकार परिषद ३०१ सदस्यीय, जिल्ला कमिटी ७५ सदस्यीय र प्रदेश कमिटी पनि ७५ सदस्यीय बनाउने निर्णय गरेको छ। केन्द्रीय सल्लाहकार परिषद्का सदस्य भने केन्द्रीय कमिटीले मनोनित गर्नेछ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला