×

TUNGOON

सबैलाई अनुकूल हुने गरी दूधको मूल्यवृद्धि गर्नुपर्ने कृषिमन्त्री महिन्द्रराय यादवको आग्रह


काठमाडौं । मंसिर ११ गते
सबैलाई अनुकूल हुने गरी दूधको मूल्यवृद्धि गर्नुपर्ने कृषि तथा पशुपन्छी विकासमन्त्री महिन्द्रराय यादवले बताएका छन् । कृषि मन्त्रालयअन्तर्गत राष्ट्रिय दुग्ध विकास बोर्डमा आयोजित दुग्ध क्षेत्रको ‘ब्रिफिङ’ कार्यक्रममा मन्त्री यादवले सबैको आवश्यकता हेरेर दूधको मूल्यवृद्धि गर्नुपर्ने बताए ।

मन्त्री यादवले दूधको औपचारिक बजार विस्तार गर्नुपर्ने कुरामा जोड दिए । दूध तथा दुग्धजन्य पदार्थको अभावलाई कम गर्नका लागि औपचारिक बजार विस्तार गर्नुपर्ने बताउँदै उनले बढी भएको दूध खपतका लागि त्यसको विविधतामा पनि जोड दिनुपर्ने बताए ।

 


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला