×

TUNGOON

हेर्नुहोस् आजको राशिफल


काठमाडौं । मंसिर ११ गते
मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आज धार्मिक कार्यमा रुचि बढ्ने योग रहेको छ भने मनोरञ्जनमा सहभागी भइनुका साथै पारिवारिक जीवन र प्रणय सम्बन्धमा पनि सकारात्मकता नै हुने देखिन्छ ।

बृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
आज सहयोग गर्ने भन्दा आश्वासन बाड्नेहरू धेरै भेटिने योग रहेको छ भने आजको दिन भाग्यशाली भएर देखा पर्ने छ भने वैदेशिक कार्य पनि अघि बढ्नेछ ।

मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
आज शुभकार्यको चर्चा चल्ने योग रहेको छ भने धार्मिक तथा समाज सेवामा मन लाग्ने तथा आफन्तको सहयोग प्राप्त हुने र सामाजिक क्षेत्रमा सफलता मिल्नेछ ।

कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आज हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत हुने योग रहेको छ भने लगनशीलताले कामहरू अगाडि बढ्ने तथा नयाँ ज्ञान सिक्ने मौका मिल्नुका साथै प्रेमीको सहयोग पाइनेछ ।

सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आज अतिथिको रूपमा सत्कार पाइनुका साथै वैदेशिक क्षेत्रबाट सफलता मिल्ने योग रहेको छ भने रमणीय र सुखद् यात्राको योग छ । दाम्पत्य जीवन सुखमय हुनेछ ।

कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
आज जिद्दीपनाले गर्दा काम बिग्रने र आफूलाई कमजोर भएको अनुभूति हुने योग रहेको छ भने विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ, तर साँझमा आफन्तको सहयोग पाइनेछ ।

तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
आज मनमा शान्तिको अनुभूति हुनेछ । पुरानो र बिर्सिसकेको साथीसँग भेट हुने सम्भावना छ । आँटेको र ताकेको कार्य पुरा होला । शुभकार्यको चर्चा चल्नेछ ।

बृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
धार्मिक यात्राको योग छ । आफन्तहरूको सहयोगले कामहरू अगाडि बढ्नेछन् । बौद्धिक कार्यमा सफलता मिल्नेछ । प्रेमीको सहयोग प्राप्त हुनेछ ।

धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
आज आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । पारिवारिक जीवन सन्तोषप्रद रहनेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् ।

मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
आज मन खिन्न हुने स्थिति आउनेछ । यात्रामा मालसामान हराउन सक्छ । बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ, तर वैदेशिक क्षेत्रको काम बन्नेछ ।

कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
आज रमणीय र सुखद् यात्राको योग छ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । लगनशीलताले कामहरू पनि अगाडि बढ्नेछन् ।

मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
आज रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइने योग छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । स्वादिष्ट भोजनको आनन्द समेत पाइनेछ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला