×

TUNGOON

हेर्नुहोस् आजको राशिफल


काठमाडौं । मंसिर १२ गते

मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आज छोटो दुरीको लाभदायक यात्राको योग रहेको छ भने शुभकार्यको चर्चा चल्ने तथा कुनै कुराले मन प्रसन्न रहनुका साथै विशिष्ट व्यक्तिको साथ पाइनेछ ।

बृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
आज लगनशीलताले कामहरू अगाडि बढ्ने योग रहेको छ भने कुनै कुराले मनमा शान्ति छाउनुका साथै अचल सम्पत्तिको कारोबार हुने तथा दाम्पत्य जीवन सुखमय हुनेछ ।

मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
आज वैदेशिक क्षेत्रबाट सफलता मिल्ने योग रहेको छ भने सामाजिक कार्यमा मन जानुका साथै कूटनीतिक नियोगको सहयोग मिल्ने तथा दैनिक कार्यमा प्रगति हुनेछ ।

कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आजको समय उत्साहवर्द्धक रहने योग रहेको छ भने श्रमको उचित मूल्यांकन हुने तथा नयाँ ज्ञान प्राप्त हुने योग छ भने व्यापारमा लाभ समेत हुनेछ ।

सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आज आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । आफन्तको प्रगतिमा मन रमाउनेछ । दिनको उत्तरार्ध अधिक सुखद् रहनेछ ।

कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
आज शेयर बजारमा नोक्सानी हुनसक्छ । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । यातायात वा वाहनमा खर्च पनि बढ्नेछ ।

तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
आज सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । दैनिक कार्यमा सफलता पाइनेछ । प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेको छ ।

बृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
आज महिलावर्गबाट विशेष सहयोग मिल्नेछ । परिश्रम गर्दा धनार्जन हुनेछ । शिक्षामा सफलता मिल्नेछ । शेयरको कारोबारमा समेत सफलता मिल्नेछ ।

धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
आज दाम, इनाम र प्रतिष्ठा कमाउने योग रहेको छ भने स्वादिष्ट भोजन पाइनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । वित्तिय संस्थाबाट सहयोग पाइनेछ ।

मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
आज नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । स्वास्थ्यमा खराबी रहला । आर्थिक कारोबारमा मन्दी आउनेछ, तर आफन्तको साथ मिल्नेछ ।

कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
आज दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । कुटुम्बको सहयोग मिल्नेछ । घरमा अतिथिको आगमन हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ ।

मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
आज आतिथ्यपूर्ण सम्मान पाइनु कासाथै प्रेम र मित्रताको बन्धन कसिने बेला योग रहेको छ भने साँझपख अधिकार प्राप्तिका लागि प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला