×

TUNGOON

स्वास्थ्यका लागि भेडे खुर्सानी खानुका फाईदाहरु


काठमाडौं । मंसिर १२ गते
सोलेनेसी कुलको तरकारी हो खुर्सानी । प्राकृतिक रूपमा यो मध्य तथा दक्षिण अमेरिकामा पाइन्छ । ब्राजिललाई यसको उत्पत्ति स्थल मानिन्छ । यो बोलिभिया, इक्वेडोर र पेरुको मूल फल हो । खुर्सानी अन्तर्गत मीठो र पिरो प्रकारका खुर्सानी आउँदछन् । नेपालमा पिरोलाई खुर्सानी र मिठोलाई भेडेखुर्सानी भन्ने गरिन्छ ।

अधिकांश मानिसहरूले भेडे खुर्सानी स्वादकै लागि खाने गरेका हुन्छन् तर भेडे खुर्सानी जति स्वादिलो हुन्छ त्यति नै स्वस्थकर पनि हुने गर्दछ । रातो,हरियो र पहेँलो रंगमा पाईने भेडे खुर्सानी भिटामिन सी ले भरिपूर्ण हुन्छ । साथै भेडे खुर्सानीमा भिटामिन ए र बीटा–क्यारोटीन पनि पाइन्छ । भेडे खुर्सानीको विभिन्न फाईदहरूको बारेमा लत उल्लेख गरिएको छ ।

ताजा हरियो भेडे खुर्सानीमा भिटामिन ए, भिटामिन सी, भिटामिन के, फाइबर, क्यारोटोनोइड्स भरिपूर्ण मात्रामा पाईन्छ, जो स्वास्थ्यको लागि विभिन्न किसिमले फाइदाजनक हुन्छ ।

यदि तपाईको घुँडा र जोर्नीमा समस्या छ भने भेडे खुर्सानीको सेवन निकै लाभकारी हुन्छ । यसको प्रयोगले आर्थराइटिसको समस्यामा पनि लाभ पुर्याउँछ ।

भेडे खुर्सानीमा एन्टी(अक्सीडेन्ट, एन्टीइन्फ्लेमेटरी तत्व एवम् सल्फर, क्यारोटोनोइड लाइकोपीनको भरिपूर्ण मात्रा हुन्छ, जसको कारण यो क्यान्सर जस्ता रोगहरूबाट बचाउन लाभकारी हुन्छ ।

यदि तपाईको शरीरमा आइरनको कमी छ भने यसको सेवन निकै फाइदाजनक हुन्छ । यसमा पाईने भिटामिन सी आइरनलाई सोस्न मद्दतगार हुन्छ । यसले तपाईलाई एनिमियाबाट बचाउन पनि सहायक हुन्छ ।

डायबिटीज नियन्त्रण गर्न चाहनुहुन्छ भने पनि भेडे खुर्सानी तपाईको लागि मद्दतगार सावित हुन्छ । यो ब्लड शुगरको लागि आवश्यक सही स्तरलाई बनाई राख्छ र डायबिटीजबाट रक्षा गर्छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला