×

TUNGOON

इङ्ग्लिस प्रिमियर लिग फुटबलमा साउथह्याम्पटनमाथि लिभरपुलको जित


काठमाडौं । मंसिर १२ गते
लिभरपुल इङ्ग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत साउथह्याम्पटनविरुद्ध लिभरपुल ४–० गोल अन्तरले विजयी भएको छ । गएराति भएको खेलमा लिभरपुललाई जित दिलाउन डिएगो जोटा एक्ललैले २ गरेका थिए । ।

त्यस्तै, थियागो अलाकान्टरा र भिर्गिल भान डाइकले १–१ गोल थपेका थिए ।घरेलु मैदानमा भएको खेलमा जोटाले दोस्रो मिनेटमै गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । उनले खेलको ३२ औं मिनेटमा दोस्रो गोल गरेको थिए ।

त्यस्तै, ३७ औं मिनेटमा थियागो र ५२ औं मिनेटमा डाइकले १–१ गोल गरेपछि लिभरपुलले ४–० को जित दर्ता गर्‍यो । जितसँगै उसले १३ खेलबाट २८ अंक जोडेको छ । योसँगै लिभरपुल अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । पराजित साउथह्याम्टन भने १४ अंकका साथ १४ औं स्थानमा छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला