काठमाडौं । मंसिर १२ गते
खेल र खेलाडीलाई प्रोत्साहन गर्ने गरी काम गर्ने गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बताउनु भएको छ ।
नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैंडाकोटमा शनिवारदेखि शुरू भएको वडास्तरी ‘सेभेन ए साइड फूटबल प्रतियोगिता’को शुभारम्भ गर्दै उहाँले खेलले स्वस्थ शरीर र स्वस्थ मस्तिष्क बनाउने
हुनाले खेलकुद विकासका लागि प्रदेश सरकारले उच्च प्राथमिकता दिएको बताउनु भएको छ । ‘खेलकुदले व्यक्तिको स्वास्थ्यसँगै ठाउँको समेत पहिचान बनाउँने र खेलकुदका माध्यमबाट समृद्धि हासिल गर्ने सरकारको ध्येय रहेको जिकिर गर्नु भएको छ ।