×

TUNGOON

आज नेपालले आइसिसी महिला टी–२० विश्वकपमा युएईविरुद्ध प्रतिस्पर्धा गर्दै


काठमाडौं । मंसिर १२ गते
आज नेपालले आइसिसी महिला टी–२० विश्वकप एसिया छनोटको अन्तिम खेलमा आयोजक युएईविरुद्ध प्रतिस्पर्धा गर्दैछ ।यो खेल दुबईको आइसिसी एकेडेमी मैदानमा बिहान सवा ११ बजे सुरु हुनेछ । ग्लोबल छनोटमा स्थान बनाउन नेपालले युएईविरुद्ध जित मात्र हात पारेर हुँदैन ।

नेपालले नेट रन रेटमा समेत भर पर्नुपर्ने हुन्छ ।प्रतियोगितामा सहभागी ६ मध्य शीर्ष स्थानमा रहने टोलीले ग्लोबल छनोटमा स्थान सुरक्षित गर्नेछ ।अहिलेको अवस्थामा सहभागी सबै टोलीले ४र४ खेल खेलिसकेका छन् र एकएक खेल मात्र खेल्न बाँकी छ ।

चारै खेल जितेको युएई ८ अंकसहित शीर्ष स्थानमा छ । नेपाल र हङकङले चारमध्ये समान ३ खेल जित्दै समान ६र६ अंक जोडे पनि नेट रन रेटमा भने नेपाल अगाडि छ ।ग्लोबल छनोटको सम्भावना कायमै राखेको हङकङले अन्तिम खेल आइतबार नै कुवेतविरुद्ध खेल्दैछ ।सामन २ अंक जोडेका मलेसिया र भुटान तथा अंकविहीन कुवेत छनोटबाट बाहिरिसकेका छन् ।

 


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला