×

TUNGOON

कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ युरोप र अमेरिकामा तीव्र फैलिँदै गइरहेको छ –डब्लुएचओ


काठमाडौं । मंसिर १२ गते
कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ युरोप र अमेरिकामा तीव्र फैलिँदै गइरहेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ । हालसम्मकै छिटो फैलिने अनुमान गरिएको नयाँ भेरियन्टले पुनः महामारीको रूप लिने संकेत गरेकोसमेत डब्लुएचओले जनाएको छ ।

‘ओमिक्रोन’ पहिलोपटक २४ नोभेम्बरमा दक्षिण अफ्रिकामा देखिएको थियो । बोट्स्वाना, बेल्जियम, हङकङ, इजरायल, जर्मनी, क्यानडा, रुस, अमेरिका र अन्य युरोपियन देशहरूमा यो भाइरस फैलिइरहेको छ ।

छोटो समयमा तीव्र फैलिइरहेको नयाँ भेरियन्ट उच्च संक्रामक रहेको डब्लुएचओले बताएको छ । अफ्रिका, युरोप र अमेरिकामा गम्भीर संक्रमित र मृत्युदर बढाइरहेको ओमिक्रोन भेरियन्ट डेल्टा भेरियन्ट वर्गसँग सम्बन्धित रहेको स्वास्थ्य विज्ञहरू बताएका छन् ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला