×

TUNGOON

सोमबार कुन भगवानको पुजा गर्ने ?


काठमाडौं । मंसिर १३ गते
विशेष गरेर सोमबारको दिन शिवजीको पुजा गर्ने परम्परा रहेको छ । यो दिन शिवजीको पुजा गरेमा शिवजी चाँडै प्रसन्न हुने विश्वास छ ।शिवको मन्दिरमा गएर ‘अर्धनारीश्वर पुजा’ गर्ने अनि ‘ऊँ नमः शिवाय’ मन्त्र जप्नुपर्दछ। त्यो भन्दा शिवलाई खुसी बनाउन शिवपुराण पढ्दा राम्रो हुने र मागेको पाइने विश्वास छ । सोमबारको व्रत विवाहित महिला ले पति र परिवारको सुख शान्तिको लागि बस्ने गर्छन् भने अविवाहित महिलाले राम्रो पति पाउनको लागि व्रत बस्ने गर्छन् ।

यो दिन एक छाक मात्रै खाना खाने र नुन तेल नखाने परम्परा रहेको छ ।ज्योतिष शास्त्रमा उल्लेख भए अनुसार सोमबारको कारक ग्रह चन्द्र हो भने यसको स्वामी शिव हो। त्यसैले यस दिन चन्द्र र शिव जोडिएको उपस गर्नु उत्तम मानिन्छ। ज्योतिषशास्त्रमा उल्लेख भए अनुसार सोमबारको दिन गर्नुपर्ने कार्यहरु बारे यहाँ प्रस्तुत गरिएको छ ।

भगवान शिवको पूजा आरधना धेरै फलदायी हुने र यसको फलस्वरूप भगवान शिवले सम्पूर्ण भक्तजनको मनोअकंक्षा पुरा गरिदिने मान्यता रहेको छ। जुन व्यक्तको कुण्डलीमा ग्रहको दोष रहेको छ उसले जीवनका हरेक पाइलामा असफलता भोग्नु पर्ने हुन्छ।यसको दोष निवारणका लागि सोमबारको दिन भगवान शिवको पूजा विधि सहित केही मन्त्र जप्नुपर्ने हुन्छ । जसबाट शिव छिटो प्रसन्न हुने धार्मिक विश्वास रहँदै आएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला