×

TUNGOON

हेर्नुहोस् आजको राशिफल


काठमाडौं । मंसिर १३ गते

मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आज रोकिएका काम पुनः सुरु गर्ने योजना बन्न सक्ने योग रहेको छ भने आर्थिक कारोबारमा सफलता पाइनुका साथै महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ ।

बृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
आज ठीक समयमा सही निर्णय लिन सकिने योग रहेको छ भने राजनैतिक क्षेत्रमा सफलता मिल्नुका साथै धार्मिक कार्यको योजना बन्ने तथा भूमिबाट पनि लाभ रहला ।

मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
आज एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहने योग रहेको छ भने घरमा अतिथिको आगमन हुने तथा साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन् ।

कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
शुभारम्भको चर्चा चल्ने योग रहेको छ भने नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ र सांस्कृतिक क्षेत्रमा रुचि बढ्ने तथा आँटेको काम पूरा हुनसक्छ ।

सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आज समाजसेवामा मन लाग्ने योग रहेको छ भने नयाँ कामको योजना बन्नुका साथै चलाखीपूर्ण बोलीले सङ्कल्प सिद्ध हुने तथा भाग्यले विभिन्न अवसर जुराउनेछ ।

कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
आज लक्ष्मी प्रसन्न हुने योग रहेको छ भने महत्त्वपूर्ण कामको योजना बन्ने तथा सामाजिक कार्यमा मन जाने तथा परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला ।

तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
आज सहकर्मीबाट विरोध आउनुका साथै लगनशीलताको कमीले गर्दा ठूलो उपलब्धि हातपार्न नसकिने तथा नियमित खर्चसमेत बढ्ने योग छ ।

बृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
आज मनपरेको खानेकुरा खान पाइने तथा अरुलाई प्रभावित पारेर काम बन्ने योग रहेको छ भने न्यायिक कार्यमा सफलता पनि सफलता पनि मिल्न सक्छ ।

धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
आज धैर्य एवं लगनशीलताले अवसर दिलाउनुका साथै नयाँ ज्ञान सिक्ने मौका मिल्ने योग रहेको छ भने शेयर बजार र आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्नेछ ।

मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
आज भाग्यले विभिन्न अवसर जुराउने योग रहेको छ भने मनमा शान्ति र अनुहारमा कान्ति छाउने तथा कलासाहित्य तथा सङ्गीतमा रुचि पनि बढ्नेछ ।

कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
आज सामान हराउने वा चोरी हुने योग रहेको छ भने स्वास्थ्य सम्बन्धी चिन्ता बढ्नुका साथै साझेदारी काममा उल्झन आउने तथा बन्न लागेको काम बिग्रिनेछ ।

मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
आज सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्ने योग रहेको छ भने आफ्नो उद्योग र व्यापारमा विशेष फाइदाको योग पनि छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला