×

TUNGOON

ला लिगामा रियलले सेभियामाथि रियल म्याड्रिडको पूनरागमन जित


काठमाडौं । मंसिर १३ गते
स्पेनिस ला लिगामा रियल म्याड्रिडले पूनरागमन जित निकालेको छ। घरेलु मैदानमा रियलले सेभियामाथि २–१ को जित निकालेको हो।रियलको जितमा करिम बेन्जेमा र भिनिसियस जुनियरले गोल गरे। सेभियाका राफा मिरले गोल गरेका थिए ।सान्टियागो बर्नबेउमा आइतबार राति भएको खेलमा १२औं मिनेटमा मिरले गोल गर्दै सेभियालाई सुरूवाती अग्रता दिलाएका थिए।

खेलको ३२औं मिनेटमा करिम बेन्जेमाले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए। इडर मिलिसाओको प्रहारलाई गोलरक्षक यासिन बोनोउले नियन्त्रणमा लिन नसक्दा रिवाउन्ड बललाई बेन्जेमाले गोल गरेका थिए ।पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएको खेलको अन्तिम तीन मिनेट बाँकी हुँदा भिनिले गोल गर्दै रियललाई पूनरागमन जित दिलाएका हुन ।

यो जितसँगै शीर्षस्थानमा रहेको रियलको १४ खेलबाट ३३ अंक पुगेको छ। रियलले दोस्रो स्थानको एट्लेटिको म्याड्रिडलाई ४ अंकले पछि पारेको छ। एथ्लेटिकोको समान खेलबाट २९ अंक भएको छ। पराजित सेभिया २८ अंक जोडेर शीर्ष चारमा छ। आजको खेलमा बराबरी मात्र खेलेको भए सेभिया दोस्रो स्थानमा उक्लने थियो।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला