×

TUNGOON

दर्शकको मन तान्दै बेहुली टेलिचलचित्र, भाग –१५ सार्वजनिक


काठमाडौं । मंसिर १४ गते
बेहुली टेलिचलचित्र भाग –१५ सोमबार सार्वजनिक गरिएको छ । समाजमा घटिरहेका नारीका यथार्थ घटना,उनीहरुका भोगाई र बेदनालाई बेहुली टेलिचलचित्र उतार्ने प्रयास गरेको प्रस्तुतकर्ता कमल योञ्जन तामाङको भनाई छ ।नारीको दुख,पिडा बेदनालाई समेटेर बनाईएको उक्त टेलिचलचित्रलाई दर्शकले निकै रुचाएका छन् ।पुजा शाहीको कथा रहेको उक्त टेलिचलचित्रको लेखक तथा निर्देशन टेकेन्द्र कार्कीले गर्नु भएको छ, भने निर्माता सविना मगर, सह–निर्माता पुजा शाही, कार्यकारी निर्माता राजु श्रेष्ठ रहेको छ ।

कमल योञ्जनको प्रस्तुती रहेको टेलिचलचित्र बेहुली प्रत्येक सोमबार सांझ ६,३० बजे ओमकार टेलिभिजनमा र ५ बजे मा रोमान्टिक नेपाल नामक युटुब च्यानलमा प्रसारण गरिने छ ।उक्त टेलिचलचित्रमा केही समय अघि सामाजिक सञ्जालमा भाईरल भएकी सृष्टि तामाङलाई बेहुलीको मुख्य भुमिका र कमल योञ्जन तामाङले बेहुलाको मुख्य भुमिका निभाउनु भएको छ ।

आदित्य लामाको श्रृङ्गार रहेको टेलिचलचित्र बेहुलीमा वरिष्ठ कलाकार डोमा ह्योल्मो, संगम भण्डारी , दावा शेर्पा, हरि उदासी, राजेन्द्र गिरी (गुन्द्रूके) ज्ञान कुमार कट्टेल, राजु वाईवा (वाईवा डन)को अभिनय रहेको छ भने अन्य कलाकारहरु राम चन्द्र (हिरो)राई, सविता भट्टराई, पुजा शाही, संतोष पराजुली, दिपेन तामाङ, राजु श्रेष्ठ, लोक बहादुर तामाङ, रेखा थापा, ममता श्रेष्ठ, मनिषा कार्की रहनु भएको छ ।

भिडियो हेर्न यहां क्लिक गर्नुहोस्

 


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला