×

TUNGOON

कस्तो रहला तपाइृको दिन ?


काठमाडौं । माघ २८ गते

मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आज परिवारबाट सहयोग मिल्ने योग रहेको छ भने विपरीत वर्ग प्रति आकर्षण बढ्ने तथा साहित्यिक क्षेत्रमा रूचि बढ्नुका साथै नयाँ ज्ञान सिक्ने मौका पनि मिल्नेछ ।

बृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
आज लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनुका साथै रमाइलो यात्राको योग रहेको छ भने पर्यटकीय स्थलको भ्रमणले मन लोभ्याउनेछ ।

मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
आज आर्थिक समस्याले तनावको सिर्जना हुने योग रहेको छ भने व्यवसायमा नोक्सानी बेहोर्नु पर्ने तथा प्रेमी र प्रेमिकाका बिच खिन्नता पनि बढ्नसक्छ ।

कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आज मित्रवर्ग वा हितैषीबाट राम्रो सहयोग मिल्ने योग रहेको छ भने आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेतथा नयाँ व्यवसाय वा नयाँ कार्यको थालनी पनि हुनसक्छ ।

सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आज आँटेको र ताकेको कार्य पुरा हुने योग रहेको छ भने रमाइलो यात्रा हुनुका साथै समाजसेवामा मन लाग्ने तथा धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् ।

कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
आज आफूले काम देखाएर अरूको मन लोभ्याउन सकिने योग रहेको छ भने वित्तिय संस्थाबाट सहयोग पाइने तथा सुखद् यात्राका अवसर पनि प्राप्त हुनेछन् ।

तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
आज बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्ने योग रहेको छ भने अनावश्यक धन खर्च हुने तथा राजनैतिक वा कूटनैतिक क्षेत्रको कार्यमा भने सफलता मिल्नेछ ।

बृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
आज नयाँ व्यक्ति सँग भेटघाट हुने योग रहेको छ भने साहित्यिक क्षेत्रमा रूचि बढ्ने तथा सामाजिक कार्यमा विशेष अभिरुचि रहने र काममा सहजता मिल्नेछ ।

धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
आज आम्दानी बढाउने काम सुरु गर्न सकिने योग रहेको छ भने पार्टी पिकनिक तथा सेमिनारमा सहभागिता भइने तथा नयाँ वस्त्र र अलङ्कारको प्राप्ति पनि हुनसक्छ ।

मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
आज प्रसन्नतापूर्वक समय व्यतीत हुने योग रहेको छ भने लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुने तथा आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ ।

कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
आज सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउने योग रहेको छ भने अचल सम्पत्ति हात पर्ने तथा पारिवारिक वातावरण पूर्णरूपेण सन्तोषप्रद रहनेछ ।

मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
आज नयाँ कार्यको योजना बन्ने योग रहेको छ भने सहयोगी हातहरू अघि बढ्ने तथा वित्तिय संस्थाबाट सहयोग पाइनुका साथै अरूलाई प्रभावित पारेर काम बन्नेछ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला