×

TUNGOON

भीम रावलद्वारा अमेरिकी मन्त्रीले एमसीसी पास गर्न धम्की दिएको खबरका विषयमा जानकारी दिन माग


काठमाडौं । माघ २८ गते
नेकपा एमालेका नेता भीम रावलले प्रमुख पार्टीका शीर्ष नेताहरूलाई अमेरिकी मन्त्रीले एमसीसी पास गर्न धम्की दिएको खबरका विषयमा जानकारी दिन माग गर्नु भएको छ ।

बिहीबार अमेरिकाकाका सहायक विदेशमन्त्री डोनाल्ड लूले शीर्ष नेताहरूलाई फोन गरी पास गर्न दबाब दिएको समाचार प्रकाशन भएपछि समाजिक सञ्जाल मार्फत नेता रावलले शीर्ष नेताहरूलाई अमेरिकी मन्त्रीले चेतावनी र धम्की दिएको भन्ने समाचारहरू आएकाले यसबारे यथार्थ जानकारी दिन माग गर्नु भएको हो ।

उहाँल्ले यदि यसरी धम्की दिइएको भए एमसीसीसँगको सम्झौता नेपालको स्वाधीनता, हित र स्वाभिमानकाविरुद्ध भएको थप पुष्टि हुने दाबी गर्नु भएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला