×

TUNGOON

दाङको तुलसीपुर स्थित जुत्ता–चप्पल गोदाममा आगलागी हुँदा ५ जनाको ज्यान गयो


काठमाडौं । माघ २८ गते
दाङको तुलसीपुर स्थित जुत्ता–चप्पल गोदाममा आगो लाग्दा ५ जनाको ज्यान गएको छ।उपमहानगरपालिका– ५ ‘ङ’ लाइनस्थित जु दाङको तुलसीपुर उपमहानगरपालिका– ५ ‘ङ’ लाइनस्थित जुत्ता–चप्पल गोदाममा आगलागी भएको हो । इरम फुटवेयर चप्पल गोदाम रहेको चार तले घरमा मध्यराती भएको आलगागीमा परि ५ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

प्रहरीकाअनुसार केहीबेर अगाडि आगो पूर्ण रूपमा नियन्त्रणमा आएको छ।‘घर भित्र तीनदेखि पाँच जनासम्म मानिस फसेको हुनसक्ने स्थानीयले आशंका गरेका थिए। सोही अनुसार हामीले ४ पुरूष र १ बालिकाको शव निकालिएको छ । लाका प्रहरी कार्यालय तुलसीपुर, नेपाली सेना, सशस्त्र प्रहरी, स्थानीय तथा तुलसीपुर र घोराही उपमहानगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिएको हो।

बिहान पौने दुई बजेतिर गस्तीमा गएको प्रहरीको टोलीले आगो लागेको देखेका थिए। त्यसपछि नियन्त्रणका लागि प्रयास भए पनि करिब ५ घन्टापछि मात्र आगो नियन्त्रणमा आएको हो।विद्युत सर्ट भएर आगो लागेको हुनसक्ने प्रहरीको प्रारम्भीक अनुमान रहेको छ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला