×

TUNGOON

आज मंगलबार कुन भगवानको दर्शन गर्ने ?


काठमाडौं । फगुन ३ गते
हिन्दु धर्मशास्त्रमा कुन बार कुन भगवानको पूजा गर्ने भन्ने उल्लेख छ । आज मंगलवारको दिन विशेष व्रत र उपवास बाहेक अधिकांश हिन्दु धर्मावलम्बीहरूले हप्ताको कुनै एक वा दुई दिन सोही वार अनुसारको देवताको पूजा गरि व्रत बस्ने गर्दछन् ।

हेरौँ, मंगलवारमा कुन भगवानको पूजा गरिन्छ त ।मंगलवारः नेपाली पात्रो अनुसार मंगलबारको दिन हप्ताको तेश्रो दिन हो। हिन्दु धर्मावलम्बीहरू मंगलवारमा गणेश भगवानको पूजा गर्दछन् ।

ज्योतिषशास्त्र अनुसार मंगलवारलाई भगवान गणेशको वार मानिन्छ ।साथै यस दिन काली माता, दुर्गा माता र हनुमानको पनि पूजा गरिन्छ। यस दिन व्रत बस्दा विहानको खाना खानुहुँदैन भने साँझको खानामा नुन मिसाउनु हुँदैन ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला