×

TUNGOON

आजको राशिफल


काठमाडौं । फागुन ४ गते

मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आज दाजु भाइबाट सहयोग र ससुराली पक्षसँग सम्बन्ध राम्रो बन्ने योग रहेको छ भने कृषि कार्यबाट लाभ मिल्नुका साथै आफन्त सँग भेट घाट हुनेछ ।

बृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
आज अग्रजको सहयोगले कार्य सम्पादन हुने योग रहेको छ भने शुभकार्यको चर्चा चल्ने तथा परिवारमा सुख सन्तोष छाउनुका साथै कला र गलाको प्रभाव बढ्नेछ ।

मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
दूरदराज वा दुर्गम स्थानमा गरिएको यात्रा सफल हुने योग रहेको छ भने नयाँ पद र प्रतिष्ठा पाइने सम्भावना रहेको छ भने सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ ।

कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
नयाँ कामको थालनी गर्ने योजना बन्नुका साथै दाम, इनाम र प्रतिष्ठा कमाउने योग रहेको छ भने सामाजिक सङ्घसंस्था वा परोपकारका क्षेत्रमा सहयोग गर्नु पर्नेछ ।

सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आज यात्रा गर्दा सचेत हुनुपर्ने योग रहेको छ भने महत्त्वपूर्ण अवसर गुम्न सक्ने तथा झन्झटिलो काम लिनुपर्ने तथा जिकका व्यक्तिबाट विश्वासघात होला ।

कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
आज लगानीमा रहेको रकम फिर्ता आउने योग रहेको छ भने शत्रु र विपक्षी पराजित हुनुका साथै विपरित वर्गको भेट र साथ मिल्ने राम्रो योग छ ।

तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
आज सामाजिक प्रसिद्धि प्राप्त हुनुका साथै वाक्पटुता द्वारा आफ्नो काम सफल बनाउन सकिने तथा बहुप्रतीक्षित इच्छा र उद्देश्य सफल हुनसक्छन् ।

बृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
आज आफन्तसँग भेटघाट र मित्रहरूबाट सहयोग मिल्ने योग रहेको छ भने वैदेशिक क्षेत्रको काम अघि बढ्ने तथा राज्यबाट मान सम्मान पाइनेछ ।

धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
आज स्वाभिमान र घमण्डका कारण केही समस्याहरू सिर्जना हुनुका साथै प्रेममा मनमुटावका साथै मनमा शङ्का पनि उत्पन्न हुनेछ ।

मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
आज मनमा सात्विक बिचारहरू र अनुहारमा चमक आउने योग रहेको छ भने शुभ समाचार सुन्न पाइनुका साथै सामाजिक क्षेत्रमा सफलता पनि मिल्नेछ ।

कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
आज विद्या र नयाँ ज्ञान बढ्ने योग रहेको छ भने सामाजिक र धार्मिक कार्यमा खर्च बढ्ने तथा आकस्मिक रूपमा धनप्राप्तिको सम्भावना समेत छ ।

मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
आज परोपकार र समाजसेवा जस्ता कार्यमा मन लाग्ने योग रहेको छ भने रोकिएको धन र व्यापार, व्यवसायमा लाभ मिल्ने तथा पारिवारिक सद्भाव बढ्नेछ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला