×

TUNGOON

आज सहिद स्मारक ए डिभिजन लिग फुटबलमा तीन खेलहरु हुँदै


काठमाडौं । फागुन ४ गते
आज कतार एयरवेज सहिद स्मारक ुएु डिभिजन लिग फुटबल अन्तर्गत तीन खेलहरु हुँदैछन् ।लिगको ११ औं चरण अन्तर्गत आज दशरथ रंगशाला दुई र एन्फा कम्प्लेक्समा एक खेल हुनेछन् ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा मछिन्द्र फुटबल क्लब र सातदोबाटो युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । मछिन्द्र र सातदोबाटोबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ ।मछिन्द्र आज सातदोबाटोलाई हराएर उपाधि उचाल्न चाहन्छ ।

मछिन्द्रलाई उपाधिका लागि ३ अंकको आवश्यकता रहेको छ ।शीर्ष स्थानको मछिन्द्रले १० खेलमा २६ अंक जोडेको छ । सातदोबाटो १५ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।यस्तै रंगशालामा हुने दोस्रो खेलमा नेपाल पुलिस क्लब र थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल ४,४५ बजे सुरु हुनेछ ।पुलिस १० अंक जोडेर दशौँ स्थानमा रहेको छ ।

थ्री स्टार १७ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।एन्फा कम्प्लेक्समा त्रिभुवन आर्मी क्लब र हिमालयन शेर्पाबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ ।आर्मी १८ अंक जोडेर लिगको तेस्रो स्थानमा रहेको छ । हिमालयन १२ अंक जोडेर आठौं स्थानमा रहेको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला