×

TUNGOON

कस्तो रहला तपाईको दिन ? हेर्नुहोस् आजको राशिफल


काठमाडौं । फगुन ७ गते

मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आज जटिल ठानिएको कामसमेत सम्पादन हुने योग रहेको छ भने सभा समारोहमा सरिक हुने सम्भावना रहेको छ भने न्यायिक कार्यमा सफलता पनि मिल्नेछ ।

बृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
आज तर्क, विवाद र प्रतिस्पर्धामा राम्रो सफलता मिल्ने योग रहेको छ भने रोकिएका काम पुनः सुरु हुने तथा जग्गाजमिनको कारोबारबाट राम्रो फाइदा हुनेछ ।

मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
आज बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुने योग रहेको छ भने अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ ।

कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आज लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिने तथा एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनुका साथै नोकरी गर्नेले मानसम्मान पाउने छन् ।

सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण हुने योग रहेको छ भने चिताएको कामले तीव्रता लिने तथा अध्यापनको क्षेत्रमा प्रगतिको खबर पनि सुन्न पाउनु हुनेछ ।

कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
आज परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइने योग रहेको छ भने सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्ने तथा पारिवारिक सुख मिल्नुका साथै अध्ययनमा रुचि बढ्नेछ ।

तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
आज कडा मिहिनेत गर्दा पनि राम्रो परिणाम हात पार्न सकिनुका साथै खर्च नियन्त्रणभन्दा बाहिर हुने तथा सन्तानको माया पनि कम हुनसक्छ ।

बृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
परिवारजनको साथले नयाँ आशा पलाउने योग रहेको छ भने मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुख मिल्नुका साथै रमाइलो यात्रा गर्ने अवसर मिल्ने छ ।

धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
कुनै कुराले मनमा शान्ति छाउने योग रहेको छ भने शुभकार्यको चर्चा चल्ने तथा उन्नति प्रगतिको वातावरण बन्नेछ । पेसा वा व्यवसायका क्षेत्रमा फाइदा पुग्नेछ ।

मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
आज शत्रु र प्रतिस्पर्धीले प्रतिष्ठा बिगार्ने प्रयास गर्नुका साथै विवेकले काम नगर्न सक्छ छ, सचेत रहनु पर्ने तथा आफूलाई कमजोर भएको अनुभूति हुनेछ ।

कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
आज विचार पुर्याएर निर्णय लिनु राम्रो हुने तथा नातागोताभित्रका सदस्यहरूसँग राम्रो व्यवहार पुर्याउन नसक्नाले बिनाकारण झगडा र विवाद हुनेछ ।

मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
आज लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुने योग रहेको छ भने रमाइलो यात्राको सम्भावना रहेको छ र त्यसबाट दीर्घकालिक फाइदा पनि पुग्नेछ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला