×

TUNGOON

नेपालको संविधानले न्याय र समानतामा आधारित समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्य दिएको छ –जीवनबहादुर शाही


काठमाडौं । फगुन ७ गते
नेपाली जनताको चाहना भनेको मुलुकको आर्थिक तथा सामाजिक रूपान्तरण नै भएको कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले बताउनु भएको छ । राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा शुभकामना सन्देश दिँदै उहाँले यस्तो बताउनु भएको हो । उहाँले प्रजातन्त्र प्राप्तपछि पनि नेपालमा विभिन्न कालखण्डमा आन्दोलनहरू भएका र ती आन्दोलनहरूबाट प्राप्त उपलब्धिहरूको रक्षामा लाग्न आवश्यक रहेको जिकिर गर्नु भएको छ ।

शाहीले नेपालको संविधानले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई अङ्गीकार गर्दै न्याय र समानतामा आधारित समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्य दिएको बताउनु भएको छ । प्रजातन्त्र दिवसले दिगो शान्ति, सुशासन, विकास र समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्नका लागि प्रजातन्त्रलाई जीवन पद्धति बनाएर अघि बढ्ने प्रेरणा सबै नेपालीमा दिन सकोस् भन्दै मुख्यमन्त्री शाहीले शुभकामना व्यक्त गर्नु भएको छ । कर्णाली सरकारले प्रजातन्त्र दिवस ०७८ लाई ६, ७ र ८ गते विभिन्न कार्यक्रम गरेर मनाइरहेको छ ।

 


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला