×

TUNGOON

आज नेपालले क्यानडाको सामना गर्दै


काठमाडौं । फागुन ९ गते
आज नेपालले आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप अन्तर्गतको ग्लोबल छनोट ए को तेस्रो खेलमा क्यानडाको सामना गर्दैछ ।विश्वकपमा छनोट हुने लक्ष्यसहित ओमान पुगेको नेपालले अल अमेरात क्रिकेट मैदानमा क्यानडाको सामना गर्नेछ ।

नेपाल र क्यानडाबीचको खेल दिउँसो ३,४५ बजे सुरु हुनेछ ।छनोटको समूह ‘बी’ मा रहेको नेपाल आज क्यानडालाई हराउँदै छनोटमा लगातार तेस्रो जित निकाल्न चाहन्छ । नेपालले यस अघि ओमानलाई ३९ रन र फिलिपिन्सलाई १ सय ३६ रनले हराएको थियो ।नेपालले २ खेलमा ४ अंक जोडेको छ । नेपाल शीर्ष स्थानमा रहेको छ । २ खेलमा २ अंक जोडेको क्यानडा दोस्रो स्थानमा रहेको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला