×

TUNGOON

रुसले विश्वभरबाट पाउँदै आएको वित्तीय सहायता रोक्ने प्रयास गरिनेछ –बाइडेन


काठमाडौं। फागुन ११ गते
रुसले अन्तर्राष्ट्रिय कानुन उल्लंघन गरिरहेको अमेरिकी राष्ट्रपति जो बाइडेनले आरोप लगाएका छन्।पछिल्लो समय युक्रेनको विषयमा विकसित घटनाक्रमलाई उनले ‘युक्रेनमाथि रुसको आक्रमणको सुरुवात’को संज्ञा दिएका छन्। बाइडेनले पुटिनलाई युरोपको सुरक्षाबारे वार्ता गर्न कुनै रुचि नभएको आरोप लगाएका छन्।उनले हामीले अवस्थालाई नियालिरहेका र रुसले विश्वभरबाट पाउँदै आएको वित्तीय सहायता रोक्ने प्रयास गरिने बताएका छन् ।

बाइडेनले अब रुसको बोलीभन्दा पनि उसको काममा मात्र विश्वास गरिने उल्लेख गरेका छन्। बाइडेनले युक्रेनलाई थप सैन्य सहायता र रक्षा सहायता पठाउने घोषणा गरेका छन्। बाइडेनले अमेरिकाले रुसमाथि प्रतिबन्धको घोषणा गर्नेसमेत उल्लेख गरेका छन्।उनले आफ्नो रुससँग द्वन्द्वको कुनै पनि मनसाय नरहेको स्पष्ट पारेका छन्। साथै सैन्य गठबन्धन नेटोमा आबद्ध मुलुकको १र१ इन्च जमिनको रक्षा गरिने बताएका छन्।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला