×

TUNGOON

गरिव देशहरुको आर्थिक उन्नतीको लागि धनी देशहरुले सघाउन विश्व समुदायलाई परराष्ट्रमन्त्रीको आग्रह


काठमाडौं । फागुन १४ गते
कोरोना महामारी विश्वव्यापी साझा समस्या भएको जनाउँदै खोपलाई सबैको पहुँचमा र सस्तो बनाउन विश्व समुदायलाई परराष्ट्रमन्त्री डा.नारायण खड्काले आव्हान गर्नु भएको छ । विश्वव्यापी खोपको लागि ग्याल्भेनाइजिंग मोमेन्टमको उच्च–स्तरीय कार्यक्रमलाई भर्चुअल सम्बोधन गर्दै उहाँले महामारीको रोकथामका लागि विश्वव्यापी खोप नै भरपर्दो आधार भएको बताउनु भएको छ । खोपलाई सबैको पहुँचमा पुर्याउन यसको प्रवद्र्धनमा ध्यान दिनुपर्ने उहाँले बताउनु भएको छ ।

परराष्ट्रमन्त्री खड्काले विशेष गरी गरिब देशहरूमा कोरोना महामारीले ठूलो आर्थिक क्षति गरेकोतर्फ ध्यानाकर्षण गर्नु भएको थियो । गरिव देशहरुको आर्थिक उन्नतीको लागि धनी देशहरुले सघाउनु पर्नेमा उहाँले जोड दिनु भएको थियो । यसै वर्षको अप्रिलसम्म १२ वर्षभन्दा माथिका सबै नागरिकलाई खोप लगाउने लक्ष्य राखेको जिकिर गर्नु भएको छ । उहाँले नेपाललाई खोप उपलब्ध गराउने छिमेकी र अन्य मित्र राष्ट्रहरू, विकास साझेदारहरूप्रति आभार प्रकट गर्नु भएको थियो ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला