×

TUNGOON

रुसलाई युक्रेनमा आक्रमण बन्द गर्न मानवअधिकार एलाइन्सको अपिल


काठमाडौं । फागुन १४ गते
युक्रेनमा आक्रमण बन्द गर्न रुसलाई मानवअधिकार एलाइन्सले आग्रह गरेको छ ।लोकतन्त्र र मानवअधिकार विरुद्ध हुन जाने भन्दै एलाइन्सले रुसलाई आक्रमण रोक्न र संवादमार्फत् शान्तिपूर्ण समाधान खोज्न विश्व समुदायलाई आग्रह गरेको हो ।अध्यक्ष मिनबहादुर शाहीले जारी गरेको विज्ञप्तिमा ‘मानवअधिकार एलाइन्स रसियाका राष्ट्रपति पुटिनसमक्ष युक्रेनमाथिको आक्रमण रोक्न माग गर्दछ र संवादमार्फत विवादको शान्तिपूर्ण समाधान खोज्न विश्व समुदायलाई अपिल गरिएको छ ।

कुनै पनि देशको सार्वभौमसत्तामाथि धावा बोलिनु लोकतन्त्र र मानवअधिकार विरुद्ध हुने एलाइन्सले जनाएको छ । साथै कुनै पनि सार्वभौम मलुकलाई छिन्नभिन्न बनाउन र देश नै नियन्त्रणमा लिन उद्दत रहनु संयुक्त राष्ट्रसंघको वडापत्र विपरीत हुनेतर्फ पनि एलाइन्सले स्मरण गराएको छ ।‘युद्धका नाममा निहत्था नागरिकले ज्यान गुमाउनु पर्ने अवस्थाको अन्त्य गर्न र विश्वशान्ति कायम गर्ने तर्फ संवेदनशील हुन मानवअधिकार एलाइन्स आग्रह गगरिएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला