×

TUNGOON

एमालेले सत्ता हाँक्न जनताले दिएको अवसर दक्षिणपन्थको मार्गमा हिँड्दै फुटवादतर्फ गयो –झलनाथ खनाल


काठमाडौं । फागुन १९ गते
एमालेले सत्ता केन्द्रीकरण गर्दै संसद निमोठ्ने प्रयास गरेको नेकपा एकीकृत समाजवादी पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले आरोप लगाउनु भएको छ । बुधबार विराटनगरमा भरतमोहन अधिकारीको तेस्रो स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा उहाँले एमालेलाई संसद फोबिया भएको बताएउनु भएको छ । नेता खनालले एमालेले सत्ता हाँक्न जनताले दिएको अवसर दक्षिणपन्थको मार्गमा हिँड्दै फुटवादतर्फ गएको उल्लेख गनु भएको थियो ।

पार्टीले त्यसको आलोचना गर्दा असहयोगको नाममा संसद नै निमोठ्ने प्रयास गरेको उहाँले बताउनु भएको थियो । अहिले प्रतिपक्षमा हुँदा नारा लगाएर संसद चल्नै नदिने अवस्थामा पुग्नु संसद फोबिया भएको उहाँको भनाइ थियो । युक्रेन र रुसबीचको द्वन्द्वमा धारणा बनाउन हतार गर्न नहुने भन्दै खनालले असंलग्न पराराष्ट्र नीति लिएको राष्ट्रले हतारमा कसैको पक्ष लिन नहुने बताउनु भएको थियो । उहाँले ‘असन्तुलित कूटनीतिक प्रदर्शन गर्दै सरकारले के अमेरिकी शिविरमा ढल्किएको हो?यसको जवाफ प्रधानमन्त्री शेरबहादुर देउवाले दिनुपर्ने बताउनु भएको थियो ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला