×

TUNGOON

आज ग्याल्बो ल्होसार, शेर्पा समुदायले बिभिन्न कार्यक्रम गरि मनाउँदै


काठमाडौं । फागुन १९ गते
आज शेर्पा समुदायले ग्याल्बो ल्होसार मनाउँदै छन् । प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्बो ल्होसार विविध कार्यक्रम आयोजना गरी आज मनाइँदैछ । त्यस्तै सरकारले ग्याल्बो ल्होसारको अवसरमा आज सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।गृह मन्त्रालयले सबै सरकारी कार्यालय, सार्वजनिक संघसंस्थाहरूमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।नयाँ वर्षका रूपमा शेर्पा समुदायले २१४९औँ ग्याल्बो ल्होसार मनाउन लागेका हुन् । मुसा, गाई, बाघ, खरायो, ड्रागन मेघ, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा ग्याल्पो ल्होसारलाई विभाजन गरिएको छ ।

आज बराह वर्ष पूरा भई मुसा वर्ष शुरु हुने बताइन्छ ।ग्याल्बो ल्होसार फागुन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म विविध कार्यक्रम आयोजना गरी भव्यरूपमा मनाइन्छ । ग्याल्पो ल्होसार भोटका नवौँ राजा उदे गुङ्ग्यालका पालादेखि वसन्त पर्वका नामले मनाउन शुरु गरिएको हो । समयक्रममा ग्याल्बो ल्होसार नामकरण भएको हो । विगतमा हिमाली क्षेत्रका १२ जिल्लामा मनाइने ग्याल्बो ल्होसार हाल २२ जिल्लामा मनाइन्छ ।

शेर्पा जातिको बसाइसराइसँगै यो पर्व मनाउने जिल्ला बढेको हो ।पुस १५ मा गुरुङ समुदायले तमु र माघ शुक्ल प्रतिपदाका दिन तामाङ समुदायले पनि सोनाम ल्होसारका नाममा यो पर्व मनाउँछन् । सरकारले आज ग्याल्पो ल्होसारको सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।गृह मन्त्रालयले विज्ञप्ति जारी गरी मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार आज सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएको हो ।

 


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला