×

TUNGOON

राष्ट्रिय सभामा नवनिर्वाचित सांसदहरूले आज शपथ लिए


काठमाडौंं । फागुन २१ गते
आज राष्ट्रिय सभामा नवनिर्वाचित सांसदहरूले शपथ लिएका छन् । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले शनिबार उनीहरुलाई शपथ दिलाएका हुन् ।अध्यक्ष तिमिल्सिनाले नवनिर्वाचित सांसदहरूलाई संघीय संसदको लोगो पनि प्रदान गरेका छन् ।शपथग्रहण कार्यक्रम संघीय संसद् सचिवालय सिंहदरबारमा भएको हो ।१२ गते भएको राष्ट्रिय सभाका १९ सिटमा कांग्रेसबाट गोपालकुमार बस्नेत, कृष्णप्रसाद पौडेल, कमला पन्त, युवराज शर्मा, दुर्गा गुरुङ र नारायणदत्त मिश्र निर्वाचित भएका थिए ।

एकीकृत समाजवादीबाट जयन्तीदेवी राई, गोमादेवी तिमिल्सिना, राजेन्द्रलक्ष्मी गैरे, उदयबहादुर बोहोरा र मदनकुमारी शाह )गरिमा) निर्वाचित भएका छन् भने माओवादी केन्द्रबाट उर्मिला अर्याल, भुवनबहादुर सुनार, सुरेश आलेमगर, नरबहादुर विष्ट र जगतबहादुर पार्की छन् ।एमालेबाट सोनाम गेल्जेन शेर्पा, जनता समाजवादी पार्टीबाट मोहम्मद खालिद र राष्ट्रिय जनमोर्चाबाट तुलप्रसाद विश्वकर्मा राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएर आएका छन् ।

 


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला